भुटानी शरणार्थी प्रकरणबारे रास्वपा सांसदको सङ्कल्प प्रस्ताव दर्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भुटानी शरणार्थी प्रकरणबारे रास्वपा सांसदको सङ्कल्प प्रस्ताव दर्ता


१ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणबारे रास्वपा सांसद सुमना श्रेष्ठले संसद सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गरेकी छिन् ।

प्रहरीले सार्वजनिक पद र अख्तियारको दुरुपयोग गरी गरेको अपराधका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखेर पठाउनुपर्ने सङ्कल्प प्रस्तावमा उल्लेख गरिएको छ ।

सोमबार अपराह्न दर्ता भएको सङ्कल्प प्रस्तावमा यो प्रकरणमा भ्रष्टाचार, सङ्गठित अपराध र राष्ट्र द्रोहको मुद्दामा निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न संसदले सरकारलाई निर्देशन दिनुपर्ने छ ।

यो मुद्दामा भएको अनुसन्धानमा भएको प्रगति र संसदमा उठेको प्रश्नका सन्दर्भमा गृहमन्त्री र अख्तियारका सम्बन्धित क्षेत्र हेर्ने आयुक्तले संसद समक्ष यथार्थ जानकारी गराउन पनि निर्देशन दिनुपर्ने माग छ ।

Tags :
प्रतिक्रिया दिनुहोस