‘त्रिशंकु संसदले जनता र राष्ट्रलाई कुनै समाधान दिन सकेन’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘त्रिशंकु संसदले जनता र राष्ट्रलाई कुनै समाधान दिन सकेन’


१ जेष्ठ २०८०, सोमबार


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले त्रिशंकु संसदले जनता र राष्ट्रलाई कुनै समाधान दिन नसकेको बताएका छन् ।

अनेरास्ववियूको ५९औं स्थापना दिवस एवं युवा सङ्घ नेपालको ३४ औं स्थापना दिवसको अवसरमा शुभकामना दिँदै नेता खनालले देश समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेश गरेपनि चौतर्फी सङ्कटबाट गुज्रिरहेको बताएका हुन् ।

उनले यस्तो अवस्थामा देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र समाजवादी युवाहरू एकजुट भएर समाजवाद तिरको यात्रालाई तीव्र र व्यापक पार्नुपर्ने बताए । बढ्दो श्रमजीवि युवाहरू विदेश पलायन भइरहेको बताउँदै नेता खनालले त्रिशंकु संसदले कुनै समाधान दिन नसकेको बताएका हुन् ।

‘युवा तथा विद्यार्थीहरू ! तपाईँहरूलाई थाहा छ, हाम्रो देश यतिवेला समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेश गरेको छ । तर देश भने चौतर्फी सङ्कटबाट गुज्रिरहेको छ । भ्रष्टाचार रुपी अजिङ्गरले सिङ्गो समाजलाई शास फेर्न नसक्ने गरी बेरिरहेको छ । बढ्दो बेरोजगारी र शैक्षिक दिशाहीनताले देशका होनहार श्रमजीवि युवाहरू खाडी मुलुक र मलेसिया तथा युवा विद्यार्थीहरू अस्ट्रेलिया तिर लाग्न बाध्य भइरहेका छन् । त्रिशंकु संसदले जनता र राष्ट्रलाई कुनै समधान दिन सकिरहेको छैन ।’ नेता खनालले जारी गरेको सन्देशमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस