भ्रष्टाचारविरुद्ध आवाज उठाउने एक मात्र नैतिकवान् पार्टी राप्रपा : राजेन्द्र लिङदेन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भ्रष्टाचारविरुद्ध आवाज उठाउने एक मात्र नैतिकवान् पार्टी राप्रपा : राजेन्द्र लिङदेन


३१ बैशाख २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो जेठ ४ गते काठमाडौँमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने भएको छ ।

आइतबार धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी प्रकरणलगायत सबै भ्रष्टाचारका काण्डलाई छानबिन गर्न दबाब दिने उद्देश्यले आमसभा गर्न लागिएको जानकारी दिए ।

नक्कली शरणार्थी प्रकरणको छानबिनलाई सशक्त बनाउनुपर्ने र छानबिन कमजोर बनाउन नहुनेमा उनले जोड दिए ।

राप्रपा प्रतिपक्षमा बसेर भ्रष्टाचार, सुशासन र राष्ट्रियताका पक्षमा सशक्त आवाज उठाउने उनले बताए ।

भ्रष्टाचारका विषयमा आवाज उठाउने नैतिक क्षमता भएको एक मात्र पार्टी राप्रपा भएको जिकिर उनले गरे ।

उनले प्रहरीले राम्रो काम गरिरहेको भन्दै स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस