ध्यान बीचमै छाडेर स्वदेश फर्किए अमिर खान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ध्यान बीचमै छाडेर स्वदेश फर्किए अमिर खान


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । बलिउड अभिनेता आमिर खान विपश्यना (ध्यान) बीचमै छाडेर स्वदेश फर्किएका छन्।

उनी गत आइतबार विपश्यनाका लागि नेपाल आएका थिए र शुक्रबार बिहान १०ः५० मा भारत फर्किएका हुन्। उनी बुढानीलकण्ठस्थित नेपाल विपश्यना ध्यान केन्द्रको ध्यान शिविरमा भाग लिन आएका हुन्।

१० दिन अवधिको उक्त ध्यान शिविर मे १८ मा समाप्त हुने तालिका थियो। तर उनी ध्यानको अवधि पुरा नगरी स्वदेश फर्किएका हुन्। आमिरले किन ध्यान बीचमा छोडेर फर्किए भन्ने खुलाइएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस