११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगो निभाउने क्रममा जलेर पाँच गम्भीर, आठ घरगोठ नष्ट

अ+ अ-

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते भएका छन् ।

भूमिकास्थान नगरपालिका–२ तिरतिरे जङ्गलमा लागेको आगो स्थानीय बस्तीको पदम बेल्वासेको घरमा सल्किएपछि निभाउने क्रममा उनीहरू गम्भीर घाइते भएका हुन् । घाइते पाँच जनालाई जिल्ला अस्पताल सन्धिखर्कमा प्राथमिक उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले बताए ।

आगलागीमा परी भूमिकास्थान–२ तिरतिरेका ५५ वर्षीय पदम बेल्वासे, ३६ वर्षीय माधव बेल्वासे, ५२ वर्षीय घनश्याम बेल्वासे, ७२ वर्षीय पीताम्बर बेल्वासे र २६ वर्षीया अस्मिता बेल्वासे घाइते भएका हुन् । आगोले पदम बेल्वासेको घर पनि जलेर नष्ट भएको प्रहरी प्रमुख रिजालले बताए ।

घाइतेका शरीरका विभिन्न भाग जलेका प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा लिएसँगै अन्य घर जोगाउन सफल भएको वडा नम्बर २ का वडाध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए ।

सन्धिखर्क नगरपालिकाको वडा नम्बर–४, वाङलामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन् । कम्तीमा चार भैँसी जलेका छन् । कुखुरा फर्ममा आगलागी हुँदा आठ सयभन्दा बढी कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीले मुस्लिम बस्तीका खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालदिन मियाँ, सफी मियाँ र समसेर मियाँका आठ घरगोठ जलेर नष्ट भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस