आयोगले दियो आयुक्त पाठक र न्यौपानेविरुद्ध सर्वोच्चमा पुनरावेदन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आयोगले दियो आयुक्त पाठक र न्यौपानेविरुद्ध सर्वोच्चमा पुनरावेदन


२१ बैशाख २०८०, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक र क्याम्पस सञ्चालक लम्बोदरकुमार न्यौपानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।   

विशेष अदालतले पाठक र न्यौपानेलाई भ्रष्टाचार उद्योगमा दोषी ठहर गरेको फैसला चित्त नबुझी अख्तियारले उक्त पुनरावेदन दायर गरेको हो । 

पाठक र न्यौपानेबीच घुस लेनदेनको अडियो बाहिर निस्किए पनि रकम लेनदेन भएको पुष्टि नभएको भन्दै विशेष अदालतले भ्रष्टाचारको उद्योगमा माग भन्दा आधा सजाय गर्ने फैसला गरेको थियो । 

अख्तियारले उक्त फैसलामा पेस भएका प्रमाणको मूल्याङ्कन नगरेको भन्दै पुनरावेदन दर्ता गरिएको हो ।  

Tags :
प्रतिक्रिया दिनुहोस