राष्ट्रिय सभाको सचिवमा अर्याल र प्रतिनिधि सभाको सचिवमा पाण्डेय नियुक्त  « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय सभाको सचिवमा अर्याल र प्रतिनिधि सभाको सचिवमा पाण्डेय नियुक्त 


२१ बैशाख २०८०, बिहिबार


काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सचिव नियुक्त भएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले  बिहीबार प्रतिनिधि सभा सचिवमा पदमप्रसाद पाण्डे र राष्ट्रिय सभाका सचिवमा सुरेन्द्र अर्याललाई नियुक्त गरेको संसद सचिवालयका सहायक प्रवक्ता एवं उपसचिव दशरथ धमालाले जानकारी दिए । 

यसअघि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सचिवमा पाण्डे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा सचिवमा अर्याललाई सिफारिस गरेका थिए।

प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँलको पाँच वर्षे कार्यकाल वैशाख १५ मा सकिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस