महिलालाई विज्ञापनको साधन बनाउनु हुँदैन : मन्त्री शर्मा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महिलालाई विज्ञापनको साधन बनाउनु हुँदैन : मन्त्री शर्मा


२१ बैशाख २०८०, बिहिबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिलालाई विज्ञापनको साधन बनाइनु नहुने बताएकी छन्।

बिहीबार ललितपुरमा आयोजित विज्ञापनमा लैङ्गिक उत्तरदायित्व विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । कुनै पनि कुराको विज्ञापन गर्दा महिला नै छनोट हुनुपर्ने अवस्था आउन दिनु नहुने उनले बताइन्।

उनले कतिपयले महिलाको सुन्दरताका कारण विज्ञापनमा देखिने गरेको भने पनि सुन्दरताका लागि मात्रै महिलाहरू विज्ञापनको साधन बन्ने कुरा आफैँमा गलत रहेको उल्लेख गरिन्। उनले विज्ञापनको कन्टेन्ट लैङ्गिक संवेदनशील हुनुपर्नेमा जोड दिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस