महानिरीक्षक कुँवरले गरे बुटवलको प्रहरी कार्यालय भवन उद्घाटन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

महानिरीक्षक कुँवरले गरे बुटवलको प्रहरी कार्यालय भवन उद्घाटन


२१ बैशाख २०८०, बिहिबार


काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले इलाका प्रहरी कार्यालय बुटवल रूपन्देही परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय उद्घाटन गरेका छन्। उनले बिहीबार आयोजित एक कार्यक्रमबीच प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको संयुक्त उद्घाटन गरेका हुन्।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीहरूलाई कदरपत्र तथा भवन निर्माणमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरूलाई पुरस्कारसमेत प्रदान गरेका छन्।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सङ्गठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा सङ्गठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिबद्ध र प्रयासरत रहेको बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस