धितोपत्र बोर्डद्वारा थप १३ वटा कम्पनीलाई आशय पत्र प्रदान « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

धितोपत्र बोर्डद्वारा थप १३ वटा कम्पनीलाई आशय पत्र प्रदान


२१ बैशाख २०८०, बिहिबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले थप १३ वटा नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र प्रदान गरेको छ ।

बोर्डको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आशयपत्र पाउने नयाँ ब्रोकर कम्पनीहरूमा सनराइज सेक्युरिटिज, जेबीएनएल सेक्युरिटिज, शेयरप्रो सेक्युरिटिज, स्टकस्टार्स सेक्युरिटिज, प्रोपर्टी विजार्ड, क्यापिटल हव, मिल्की वे शेयर ब्रोकर र ब्लुचिप सेक्युरिटिज रहेका छन् ।

यस्तै, गरिमा सेक्युरिटिज, मनी वर्ल्ड शेयर मार्केटस्, कलश सेक्युरिटिज, मियो सेक्युरिटिज र शुभकामना सेक्युरिटिजले पनि आशयपत्र पाएका छन् । बोर्डले पहिलो चरणमा १६ वटा कम्पनीलाई आशय पत्र दिएको थियो ।

यसै महिना शेयर कारोबारका लागि २९ वटा कम्पनीले अनुमति पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस