उपभोक्ता समितिका अध्यक्षसहित तीनजना अख्तियारको नियन्त्रणमा   « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उपभोक्ता समितिका अध्यक्षसहित तीनजना अख्तियारको नियन्त्रणमा  


२० बैशाख २०८०, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समितिका अध्यक्ष, सदस्य र बालुवा डिपो सञ्चालकलाई एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ। 

काठमाडौँको गोकर्णेशवर नगरपालिका-३ स्थित राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी, सदस्य मोहन प्रसाद कुइकेल र बालुवा डिपो सञ्चालक सुशान्त कुइकेललाई अख्तियारले पक्राउ गरेको हो। 

गोकर्णेश्वरमा नगरपालिकाबाट सडक मर्मत तथा निर्माणको काम लिएर ठेक्का लगाएको थियो । ठेकेदारले निर्माण सम्पन्न गरेपछि बाँकी रकम भुक्तानी दिने क्रममा उनीहरूले एक लाख रुपैयाँको चेक घुस लिएको अख्तियारले जनाएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस