बरु काँग्रेस २० वर्ष हारे हार्छ, अब गठबन्धन गर्दैनौँ : गगन थापा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बरु काँग्रेस २० वर्ष हारे हार्छ, अब गठबन्धन गर्दैनौँ : गगन थापा


१८ बैशाख २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अबदेखि चुनावअघि गठबन्धन गर्न नहुने बताएका छन् । 

१३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसमा काठमाडौँमा आयोजित कार्यक्रममा थापाले यस्तो बताएका हुन् । 

चुनावअघिको गठबन्धनका कारण पार्टी कमजोर भएको भन्दै थापाले ४ मंसिरको चुनावमा र गत १० वैशाखको उपनिर्वाचनमा आशा गरे अनुसारको नतिजा नआएको दाबी गरे । 

‘काँग्रेसले नीति अधिवेशनबाट के कुरा भन्नै पर्छ भने आफ्नो मतदातालाई अरु दलको चुनाव चिह्नमा मत हाल्न लगाउँदैनौँ,’ थापाले भने, ‘नेपाली काँग्रेस २० वर्षसम्म हारे हार्छ, कुनै पनि दलसँग कहिले पनि चुनाव अघि गठबन्धन गर्दैनौँ ।’

काँग्रेसबाहेक सबै दल एक ठाउँमा उभिए पनि काँग्रेस चुनावअघिको गठबन्धनको विपक्षमा उभिनुपर्ने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस