राष्ट्रपतिले आफ्नो उपचार खर्च आफै व्यहोर्नुपर्छ : गगन थापा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिले आफ्नो उपचार खर्च आफै व्यहोर्नुपर्छ : गगन थापा


१८ बैशाख २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैले व्यहोर्नुपर्ने बताएका छन्।

सोमबार नेपाल ट्रेड युनियन काँग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । 

भारतबाट उपचार गरेर आइतबार मात्रै  राष्ट्रपति पौडेल स्वदेश फर्किएका छन् । राष्ट्रपति पौडेलको उपचार खर्च राज्यकोषबाट नभई आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने र उपचार खर्च आफै व्यहोर्छु भनेर सार्वजनिक गर्न आग्रहसमेत उनले गरेका छन्।

उनले भने, ‘यो गणतन्त्र हो, त्यसैले राष्ट्रपति बिरामी हुँदै गर्दा पनि उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट व्यहोर्नुपर्छ। म बेहोर्छु भनेर हाम्रो राष्ट्रपति बाहिर आइदिनुस् त। त्यसले राष्ट्रपतिको सम्मान कहाँ पुर्‍याउँछ ? त्यसले राष्ट्रपतिको विश्वास कहाँ पुर्‍याउँछ ?’

महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरूले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफै उपचार गर्नुपर्ने विभेद हुनु नहुने बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस