सरकार र महावीर पुनबीच सिंहदरवारमा वार्ता जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकार र महावीर पुनबीच सिंहदरवारमा वार्ता जारी


१७ बैशाख २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच वार्ता सुरु भएको छ ।

विभिन्न माग राख्दै आन्दोलनमा होमिएका पुनको माग सम्बोधनको लागि सिंहदरवारस्थित रक्षा मन्त्रालयमा वार्ता सुरु भएको हो ।

वार्तामा उपप्रधान एवम् रक्षा र कानुनमन्त्री पूर्णबहादुर खड्का र मुख्यसचिव शंकरदास वैरागी रहेका छन् भने पुनको तर्फबाट पुनसहित उनी निकट दुई जना रहेको छन् ।

पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट शुक्रबारदेखि माइतीघरमा आन्दोलन जारी राखेका छन् ।

माइतीघरमा धर्ना दिँदै आएका पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ को कार्य अघि बढाउनुपर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्ने माग राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस