वीर अस्पतालकी स्टाफ नर्स मृत फेला « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वीर अस्पतालकी स्टाफ नर्स मृत फेला


१७ बैशाख २०८०, आइतबार


काठमाडौँ । एक जना स्टाफ नर्स मृत फेला परेकी छन्।

काठमाडौँको बोहराटारमा प्रहरीले स्टाफ नर्स अनुमा श्रेष्ठलाई झुण्डिएको अवस्थामा मृत फेला पारेको हो ।

काठमाडौँ महानगरपालिका–१६ बोहराटारस्थित सुजन ढकालको घरमा अन्दाजी २९ वर्षीया श्रेष्ठ मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनी वीर अस्पतालमा स्टाफ नर्स पढाउँथिन् र ढकाल भने विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत डाक्टर हुन्। उनको शव हिजो फेला परेको भए पनि उठिसकेको भने छैन ।

ढकालको घरमा उनी किन र कसरी पुगेकी थिइन् भन्नेबारे खुलिसकेको छैन भने उनीहरूबीचको सम्बन्ध के हो भन्ने कुरा पनि नखुलेको प्रहरीले जनाएको छ। तर उनीहरूबीच प्रेम सम्बन्ध रहेको र सम्बन्ध बिग्रिएपछि पासो लगाएको हुन सक्ने बताइएको छ ।

उनीहरू दुवै जना अविवाहित हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस