सिन्धुलीमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु, एक घाइते « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सिन्धुलीमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु, एक घाइते


१७ बैशाख २०८०, आइतबार


सिन्धुली । सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

बनेपा–सिन्धुली–बर्दिबास–(बिपी) राजमार्ग अन्तरगत कमलामाई नगरपालिका २ पिपलभन्ञ्याङमा बा८च ५१३५ नम्बरको कार आइतबार बिहान दुर्घटना भएको थियो। दुर्घटनामा एक पुरुष र एक महिलाको ज्यान गएको छ।

उनीहरूको पहिचान हुन सकेको छैन। घाइते पुरुषलाई प्रहरी र स्थानीयले उद्धार गरेर सिन्धुली अस्पतालतर्फ पठाएको छ ।

मृतक दुवैको घटना स्थलमै मृत्यु भएको हो। कार सडकबाट करिब २० मिटर तल खसेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस