अछाममा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अछाममा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु


१६ बैशाख २०८०, शनिबार


अछाम । अछाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मेल्लेख गाउँपालिका–६ सोडसाबाट नुवाघरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त २९९३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३३ वर्षीय ध्रुव कुँवरको मृत्यु भएको हो ।

ट्याक्टर अनियन्त्रित भएर शुक्रबार राति दुर्घटना हुँदा मेल्लेख गाउँपालिका–१ का कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस