एयर इन्डियाको जहाज ‘ओभर सुट’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एयर इन्डियाको जहाज ‘ओभर सुट’


१६ बैशाख २०८०, शनिबार


काठमाडौँ । भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इन्डियाको जहाजले ‘ओभर सुट’ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा केही बेरअघि जहाजले ओभर सुट गरेको हो ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार एयर इन्डियाको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभर सुट गरिएको हो । ‘जहाजले एप्रोच नमिलेर ओभर सुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ’, उनले भने ।

यसरी ओभर सुट गरेको जहाजले एक राउन्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । सिमरामाथिको आकाशबाट काठमाडौँ विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ ।

अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस