नेपाल र कुवेतबीचको खेल सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाल र कुवेतबीचको खेल सुरु


१६ बैशाख २०८०, शनिबार


काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र कुवेतबीचको अवरुद्ध सेमिफाइनल खेल सुरु भएको छ ।

टियु मैदानमा जारी खेलमा वर्षाका कारण रोकिएको थियो । खेल सुरु भएको छ । खेल ४२ ओभरमा छोट्ट्याएको छ ।

पहिला ब्याटिङ गरिरहेको नेपालले २३।२ ओभरमा ३ विकेट गुमाएर १ सय ४१ रन बनाएको पछि पानी परेको थियो ।

नेपालका ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भए भने अर्का आसिफ शेख ३१ तथा भीम सार्कीले १ रन बनाएर आउट भए ।

अहिले कप्तान रोहित पौडेल र कुशल मल्लले नेपालको लागि क्रिजमा रहेका छन् ।

पौडेल ३० रन तथा मल्ल ३२ रन बनाएर अविजित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस