अर्थमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अर्थमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । शुक्रबार भएको भेटमा टोखा-छहरे सुरुङ मार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसैगरी मुस्ताङ, रसुवागढी जस्तै अन्य पहाडी भू-भागमा समेत सुरुङ मार्गहरू बनाउने विषयमा छलफल भएको छ । चीनबाट ठूलो संख्यामा पर्यटक नेपाल भित्राउने विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ।

मन्त्री महतले चीनबाट प्राप्त हुने सहयोग नेपालको पूर्वाधार विकासकै क्षेत्रमा लगानी गरेर प्रतिस्पर्धी क्षमता बढाउने बताए ।

अर्थमन्त्री महतसँगको भेटमा चिनियाँ राजदूत सोङले नेपालको पूर्वाधारका विकासका लागि करिब ८० अर्ब रुपैयाँ उपलब्ध गराउन सक्ने जानकारी गराए । साथै उनले चीन सरकारले उपलब्ध गराउने सहयोग रकमको पूर्वाधार क्षेत्रमै उच्चतम प्रयोग हुने विश्वास व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस