कर्मचारीको सेवाप्रवाह चित्त नबुझे जनताको आक्रोश सरकारमाथि पोखिन्छ : मन्त्री मोदी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्मचारीको सेवाप्रवाह चित्त नबुझे जनताको आक्रोश सरकारमाथि पोखिन्छ : मन्त्री मोदी


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले कर्मचारीहरूको सेवा प्रवाहमा चित्त नबुझे जनताको आक्रोश सरकारमाथि पोखिने बताएका छन् । 

नेपाल आयल निगमन कर्मचारी युनियनको नवौँ अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । “जनतासँग सिधै जोडिने भनेको जनता हो, कर्मचारीको सेवा प्रवाहमा यदि चित्त बुझेन भने जनताको आक्रोश सरकारमाथि पोखिन्छ” उनले भने, “त्यसकारणले कर्मचारीहरूले सेवाग्राहीलाई सन्तुष्ट हुनेगरी सेवा प्रदान गर्नुपर्दछ ।”

कर्मचारीहरूले सरकारको नीति र कार्यक्रमअनुसार काम गर्नुपर्ने मन्त्री मोदीको भनाई थियो । सरकारको मूल नीतिअनुसार कर्मचारीले काम नगर्दा जनस्तरबाट सरकारको आलोचना हुने गरेको उनले बताए । उनले थपे, “कर्मचारी साथीहरूले सरकारको नीति अनुसार काम गरेन भने सरकारको आलोचना हुन्छ । कर्मचारीहरू वा सम्बन्धित निकायले अपेक्षाकृत परिणाम दिन नसक्दा त्यसको आक्रोश पनि राजनीतिक दलमाथि पर्न जान्छ । 

उनले सबै दल र नेतृत्व लामो राजनीतिक सङ्घर्षबाट उदय भएकाले उनीहरूको योगदानको समेत अवमूल्यन हुने खतरा भएको भन्दै मन्त्री मोदीले भने, “सुशासन कायम गर्ने र मुलुकलाई समृद्धिको बाटोमा लैजान खोज्दा समेत सरकारले अहिले जस पाइरहेको छैन, राजनीतिक आन्दोलनबाट उदाएका नेतृत्वको मूल्याङ्कन समेत हुन छाडेको छ ।”

कर्मचारीहरूले आफ्नो अधिकारभन्दा पहिले जनतालाई सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्नेतिर ध्यान दिनुपर्ने बताए । “तपाईँहरू ट्रेड युनियनमार्फत आफ्नो अधिकारको लडाइँमा लाग्नुहुन्छ, तर तपाईँहरूले पहिले जनतालाई सेवा प्रवाह गरेर मात्रै राजनीतिक काममा क्रियाशील हुनुपर्छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस