स्वर्णिम वाग्ले र ज्ञानेन्द्र शाहीले रोजे अर्थ समिति « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्वर्णिम वाग्ले र ज्ञानेन्द्र शाहीले रोजे अर्थ समिति


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले अर्थ समिति रोजेका छन् ।

सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहने सांसदहरूको नाम शुक्रबार संसदमा पढेर सुनाएका थिए ।

अर्थ समितिमा रहेका वाग्लेले शुक्रबार नै सांसदको पद तथा गोपनीयताको शपथ लिएका थिए ।

उक्त समितिमा काँग्रेसका ज्ञानेन्द्र बहादुर कार्की, विनोद चौधरी, दिपक खड्का, अञ्जनी श्रेष्ठ, सन्तोष चालिसे लगायत छन् । एमालेबाट प्रमुख सचेतक पदम गिरी अर्थ समितिमा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले अर्थ समिति रोजेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस