अयोग्य लडाकुलाई रकम बाँड्ने निर्णयप्रति माधव नेपालको विरोध « प्रशासन
Logo २५ मंसिर २०८०, सोमबार
   

अयोग्य लडाकुलाई रकम बाँड्ने निर्णयप्रति माधव नेपालको विरोध


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले अयोग्य लडाकुलाई दुई दुई लाख दिने निर्णय गलत भएको बताएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले शुक्रबार जनकपुरधाममा समाजवादी पत्रकार सङ्गठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारको उक्त निर्णयको विरोध गरेका हुन् ।

देशमा आर्थिक सङ्कटका बीच प्रचण्ड नेतृत्वको सरकारले आफ्नै नेतृत्वको जनयुद्धका अयोग्य लडाकुहरू रकम दिनु गलत रहेको नेपालको भनाई छ ।

अध्यक्ष नेपालले यस्तो आर्थिक अवस्थामा यो निर्णय भर्खरै गरिएको हो भने गलत रहेको भन्दै उनले यो निर्णय पहिलाकै हो कि नयाँ हो ? भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डलाई स्पष्ट पार्न आग्रह गरे।

Tags :
प्रतिक्रिया दिनुहोस