एमालेका ‘फरार सांसद’ कोइरी उद्योग समितिमा सिफारिस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमालेका ‘फरार सांसद’ कोइरी उद्योग समितिमा सिफारिस


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस भएका छन् ।

नेकपा एमालेले बिहीबार संघीय संसद सचिवालयमा बुझाएको विवरण अनुसार सांसद कोइरी उद्योग समितिमा सिफारिस भएका हुन्। सो सिफारिस अनुसार प्रतिनिधिसभा बैठकले अब उनको नाम अनुमोदन गर्नेछ ।

मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्यामा संलग्न भएको भन्दै अदालतले उनलाई सजायँ सुनाएपछि कोइरी ‘फरार’ रहेका छन् । तर, उनले संघीय संसद् सचिवालयलाई दुई वटा पत्र लेखेर आफू अस्वस्थ भएको भन्दै बैठकमा उपस्थित हुन नसकेको जनाउँदै आएका छन् ।

लगातार १० वटा बैठकसम्म बिना सूचना अनुपस्थित रहे सभामुखले सांसद पदबाट पदमुक्त गर्न सक्ने व्यवस्था छ । तर महतो १० वटा भन्दा बढी बैठकमा अनुपस्थित भइसकेका छन् ।

कोइरीसमेत रहेको सो समितिमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मङ्गलप्रसाद गुप्ता रहेका छन् ।

सम्बन्धित समाचार: संसदमा आफ्नो अनुपस्थितबारे संसद सचिवालयलाई सांसद कोइरीले पठाए पत्र 

Tags :
प्रतिक्रिया दिनुहोस