बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । बाजुरा जिल्लाको दहकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रबिन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्प गएको हो । केन्द्रका अनुसार राति ११ बजेर ५८ मिनेट जाँदा चार दशमलव नौ, राति १ बजेर ३० मिनेट जाँदा ५ दशमलव ९ र राती १ बजेर ५१ मिनेट जाँदा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको क्षतिबारे भने अहिलेसम्म एकिन हुन नसकेको बताइएको छ ।

यसअघि गत वैशाख ४ गते बाजुराकै जुगाडा केन्द्रबिन्दु भएर तीन दशमलव छ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ ।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस