उद्योग विभागकी शाखा अधिकृतसहित दुई कर्मचारी घुससहित पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उद्योग विभागकी शाखा अधिकृतसहित दुई कर्मचारी घुससहित पक्राउ


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभागका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दीपा थापा रहेका छन् । 

उनीहरूलाई बिहीबार साँझ आयोगको टंगालबाट खटिएको टोलीले १२ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । 

ट्रेडमार्कमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको गरेको भन्ने सूचनाका आधारमा औद्योगिक सम्पत्ति शाखामा कार्यरत उनीहरूलाई घुस रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

शाखा अधिकृत घिमिरेको कार्यकक्षबाट स्रोत नखुलेको थप ३७ हजार पाँच सय ३७ रुपैयाँ समेत बरामद भएको दाहालले बताए ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस