राजनीतिक नेतृत्व र कर्मचारीले वायुसेवा निगम बिगारे : मन्त्री किराती  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राजनीतिक नेतृत्व र कर्मचारीले वायुसेवा निगम बिगारे : मन्त्री किराती 


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राजनीतिक नेतृत्वका कारण नेपाल वायुसेवा निगम बिग्रिएको बताएका छन् ।

नेपाल वायुसेवा निगमको वार्षिक समीक्षा बैठकमा बोल्दै यस्तो बताएका हुन् । 

उनले नयाँ विभागीय मन्त्री आएपछि निगमको कार्यकारीदेखि लिएर विभागीय प्रमुख नियुक्ति गर्दा आर्थिक चलखेलसमेत हुने गरेको दाबी गर्दै निगम सुधार्ने व्यावसायिक कार्ययोजना बनाउने नभई पैसा असुल्ने कार्ययोजना बनाउने गरेको दाबी गरे।

उनले भने, “वायुसेवा निगम कमजोर बनाउने नेतृत्व नै रहेछन्। म मन्त्री भएको सय दिन भयो, यो बेलासम्म मलाई धेरै कुरा थाहा भयो, वायुसेवा निगमलाई यो अवस्थामा पुर्‍याउन राजनीतिक नेतृत्वकै ठूलो हात रहेछ। निगमका कर्मचारी पनि चोखा छैनन्।”

मन्त्री किरातीले आफू कुनै पनि आर्थिक प्रलोभनमा नपरी निगमलाई सुधार्न भरपुर प्रयत्न गर्ने बताएका छन् । 

निगमलाई सुधार्न जस्तोसुकै जोखिम मोल्न तयार रहेको भन्दै मन्त्री किरातीले आफूलाई कुनै पनि दबाब र प्रभावले फरक नपर्ने बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस