सामाजिक सुरक्षाभत्ता कटौती होइन व्यवस्थित गर्दैछौँ : मन्त्री शर्मा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सामाजिक सुरक्षाभत्ता कटौती होइन व्यवस्थित गर्दैछौँ : मन्त्री शर्मा


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सामाजिक सुरक्षाभत्ता व्यवस्थित गर्न लागेको बताएकी छिन् । 

दाङको बंगलाचुली गाउँपालिकाले आयोजना गरेको तेस्रो गाउँपालिका खेलकुद कपको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । 

मन्त्री शर्माले मुलुकको खस्किँदो आर्थिक स्तर जोगाउन सरकारले सामाजिक सुरक्षाभत्ता व्यवस्थित गर्न लागेको दाबी गरिन् ।  

वर्तमानका सरकारका हरेक कामलाई नकारात्मक तरिकाले भ्रम फैलाउँदै आइरहेको भन्दै उनले सरकारले एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले दिँदै आइरहेको सेवा सुविधा कटौती नभई विशेष र व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरिरहेको बताइन्। 

Tags :
प्रतिक्रिया दिनुहोस