भन्सार प्रमुख बस्नेतलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भन्सार प्रमुख बस्नेतलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख कृष्णबहादुर बस्नेतलगायतलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

कृष्णबहादुर बस्नेत, उनकी श्रीमती सबिता गौली बस्नेत, जेठान नवीन कुमार गौली, नवीनकुमार श्रीमती शकुन्तला र छोरा शुलभलाई सफाइ दिने विशेष अदालतको फैसला त्रुटिपूर्ण भएको दाबीसहित बिहीबार सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताएका छन् । 

अख्तियारले १० करोड ५६ लाख ९१ हजार ६०९ रुपैयाँ ९१ पैसा बिगो कायम गरी उनीहरूको चल अचल सम्पत्ति समेत जफत गर्न माग दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर आरोप पुष्टि नहुने ठहर गर्दै विशेष अदालतले २०७९ साल पुस १ गते सफाइ दिने फैसला गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस