१ सय २० केजी गाँजासहित भारतीय गाडी प्रहरीको नियन्त्रणमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

१ सय २० केजी गाँजासहित भारतीय गाडी प्रहरीको नियन्त्रणमा


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । सशस्त्र प्रहरीले मोरङको विराटनगर महानगरपालिका १ को नोबेल डेरी चोक इलाकाबाट झन्डै एक सय २० केजी गाँजासहित भारतीय गाडी नियन्त्रणमा लिएको छ ।

आज बुधवार सुनसरीबाट विराटनगर जाँदै गरेको बी.आर ११ भी ७६४५ नम्बरको भारतीय गाडीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङले गाँजासहित नियन्त्रणमा लिएको हो । गाडी रोक्ने क्रममा चालक भने फरार भएका छन् ।

नियन्त्रणमा लिइएको गाँजा र गाडी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस