वायुसेवा कम्पनीहरूलाई विमानस्थलमा रहेका संरचना हटाउन निर्देशन  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वायुसेवा कम्पनीहरूलाई विमानस्थलमा रहेका संरचना हटाउन निर्देशन 


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका वायुसेवा कम्पनीहरूका कार्यालय क्षेत्रका संरचना हटाउन निर्देशन दिएको छ ।

गुरुयोजना अनुसार विमानस्थलमा ह्याङ्गर एप्रोन निर्माण हुने भएकाले कार्यालय क्षेत्रका संरचना हटाउन भनिएको हो । 

प्राधिकरणले सबै हेलिकप्टर कम्पनी, श्री एयर, यती एयरलाइन्स र समिट एयरलाइन्सलाई पत्र लेख्दै १ महिना भित्र संरचना हटाइसक्न भनेको छ ।

प्राधिकरणको यो पत्रसँगै अब वायुसेवा कम्पनीहरूका कार्यालय नै विमानस्थलबाट विस्थापित हुने छन् । प्राधिकरणले सो स्थान प्रयोग गरेबापत सो अवधिसम्मको बहाल रकम फरफारक गर्न समेत निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस