सभामुख घिमिरेसँग क्युवाका राजदूतले गरे शिष्टाचार भेट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सभामुख घिमिरेसँग क्युवाका राजदूतले गरे शिष्टाचार भेट


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । सभामुख देवराज घिमिरे र नेपालका लागि क्युवाका राजदूतबीच शिष्टाचार भेटवार्ता भएको छ ।

बुधबार सभामुख घिमिरे र राजदूत एलेजान्ड्रो सिमानकास मारिनबीच सिंहदरवारमा शिष्टाचार भेट भएको हो ।

भेटमा संसदीय आदान-प्रदान, दुई देशबीचको सम्बन्ध विस्तारलगायतका विषयमा छलफल भएको जनाइएको छ।

नेपाल र क्युवाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४८ वर्ष पुगेको स्मरण गर्दै दुई देशबीच आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सहयोग पुगेको विश्वास सभामुख घिमिरेले व्यक्त गरेका छन् ।

भेटमा सभामुख घिमिरेले क्युवाको संसद्को हालै भएको निर्वाचनमा निर्वाचित अध्यक्ष र सांसदहरूलाई शुभकामना दिनुका साथै दुई देशका संसदबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार र संसदीय आदान–प्रदान गर्न नेपाल तयार रहेकोसमेत बताएका छन् ।

राजदूत एलेजान्ड्रोले क्युवाको संसदमा पहिलो पटक क्युवा-नेपाल मैत्री समूह गठनको तयारी भएको जानकारी दिँदै नेपालले पनि मैत्री समूह गठन गर्ने विश्वास व्यक्त गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस