समयमा काम नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने चेतावनी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

समयमा काम नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने चेतावनी


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले समयमै गुणस्तरीय काम नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएका छन्।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । 

विकास परियोजनाको कामलाई बेवारिसे बनाउने, समयमै गुणस्तरीय काम सम्पन्न नगर्ने निर्माण कम्पनीहरूसँग ठेक्का सम्झौता तोडेर नयाँ विकल्पमा जान सरकार तयार रहेको उनको दाबी छ । 

मन्त्री ज्वालाले राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माणको काममा तीव्रता दिन पनि सम्बन्धित सबै पक्षलाई निर्देशन दिइएको संसदमा जानकारी गराएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस