उपनिर्वाचनको नतिजाले राजनीतिलाई असर गर्दैन : एमाले उपमहासचिव रिमाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपनिर्वाचनको नतिजाले राजनीतिलाई असर गर्दैन : एमाले उपमहासचिव रिमाल


१२ बैशाख २०८०, मंगलबार


धादिङ । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले एमाले सरकार बनाउने र ढाल्ने खेलमा नलाग्ने बताएका छन् ।

पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमको समापनका लागि धादिङ आएका उपमहासचिव रिमालले प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाटमा एमाले जिम्मेवार प्रतिपक्ष बनेर खबरदारी गर्ने बताए ।

अर्थतन्त्र सङ्कटमा पर्न नदिन एमालेले जिम्मेवार भूमिका खेल्ने उनको भनाइ थियो । अहिलेको सरकार आफ्ना दलगत स्वार्थ व्यवस्थापनमा केन्द्रित भएकाले प्रमुख प्रतिपक्षका रूपमा एमालेले खबरदारी जारी राख्ने उनको भनाइ छ ।

फरक प्रसङ्गमा रिमालले अहिलेको उपनिर्वाचनमा आएको चुनावी नतिजाले देशलाई नीतिगत तथा राजनीतिक प्रभाव पार्ने अवस्था नरहेको उनले बताए । उनले भने, ‘यो नतिजाले देशको राजनीतिलाई खास असर गर्दैन । हामीले यो चुनावमा केही पाएनौँ, केही गुमाएनौँ पनि ।’

Tags :
प्रतिक्रिया दिनुहोस