मकवानपुर ट्याक्टर दुर्घटना : ३ जनाको मृत्यु, २ घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मकवानपुर ट्याक्टर दुर्घटना : ३ जनाको मृत्यु, २ घाइते


१२ बैशाख २०८०, मंगलबार


हेटौँडा । मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मकवानपुरको मनहरि-३ स्थित कालिदमार भन्ने स्थानमा गए राति मधेस प्रदेश०३-००१त ७१८८ नं.को ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा मनहरि-३ का २० वर्षीय प्रवीण प्रजा, सोही स्थानका २४ वर्षीय राजकुमार प्रजा र ट्र्याक्टर चालक ३० वर्षीय वीरमान रुम्बाको मृत्यु भएको प्रवक्ता कार्कीले बताए । उनका अनुसार दुर्घटनामा मनहरी-३ का अमृत प्रजा र जोखलाल प्रजा घाइते भएका छन् ।

घाइतेको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस