चितवन र बारामा सर्वदलीय बैठक बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चितवन र बारामा सर्वदलीय बैठक बस्दै


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । चितवन र बाराको मतगणनाका लागि आज (सोमबार) बिहान सर्वदलीय बैठक बस्दै छ ।

बिहान ८ बजे चितवन क्षेत्र नम्बर २ को मतगणनाबारे निर्णय गर्न सर्वदलीय बैठक तय भएको हो । रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लङ्घनको घटना छानबिन नभई मतगणना नगर्ने एमाले र काँग्रेसले अडान लिएको कारण बैठक बस्दै छ ।

आइतबार सम्पन्न चितवन-२, बारा-२ र तनहुँ-१ मध्ये तनहुँको मतगणना भने मध्यरातदेखि नै जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस