डिएसपी चन्द र सई ठकुरीलाई तीन वर्ष कैद सजाय, ३ जनाले पाए सफाई  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

डिएसपी चन्द र सई ठकुरीलाई तीन वर्ष कैद सजाय, ३ जनाले पाए सफाई 


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन प्रमुख डिएसपी र प्रहरी नायव निरीक्षकलाई कैद तथा जरिवाना हुने सजाय सुनाइएको छ ।  

विशेष अदालतले आइतबार भ्रष्टाचार मुद्दामा सजाय तोक्दै उनीहरूलाई तीन–तीन वर्ष कैदको सजाय सुनाएको हो । 

जनही १५ लाख ४५ हजार रुपैयाँभन्दा बढी जरिवाना तोकिनु साथै प्रतिव्यक्ति ३२ हजार एक सय ५० रुपैयाँ असुलउपर हुने फैसला सुनाइएको अदालतले जनाएको छ ।  

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य यमुना भट्टराईको इजलासले यस्तो फैसला सुनाएको हो । २९ चैत २०७९ मा भ्रष्टाचार मुद्दामा दुवैजनालाई दोषी कायम गरेकोमा आइतबार सजाय निर्धारण भएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ फागुन २०७६ मा डिएसपी चन्दसमेत सई ठकुरी र थप तीनजनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरेकोमा तीनजनालाई विशेषले सफाइ दिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस