सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्दै रौतहट प्रशासन  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्दै रौतहट प्रशासन 


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रौतहटले सार्वजनिक बिदाका दिन पनि सेवा प्रवाह गर्ने भएको छ। 

२०८० सालको सार्वजनिक बिदाको दिन जिल्ला प्रशासन कार्यालयले नयाँ नागरिकता र प्रतिलिपि नागरिकसम्बन्धी सेवा, राहदानीसम्बन्धी सेवा तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धी सेवा प्रवाह गरिने प्रजिअ धर्मेन्द्र कुमार मिश्रले बताए।। 

वैशाख २२ गते उभौली पर्व तथा बुद्ध जयन्ती, जेठ १५ गते गणतन्त्र दिवस, भदौ १४ गते रक्षाबन्धन, असोज २८ गते घटस्थापना, पुस ९ गते क्रिसमस डे, पुस १० गते उभौली पर्व, पुस १५ गते तमु ल्होसार, पुस २७ गते पृथ्वी जयन्ती, माघ १ गते माघे संक्रान्ति, माघ २७ गते सोनम ल्होसार, फागुन १ गते जनयुद्ध दिवस, फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन २५ गते महाशिवरात्रि तथा अन्तर्राष्ट्रिय महिला दिवस, फागुन २८ गते ग्याल्पो ल्होसार र इद ऊल फित्र, इद उल अजहा जस्ता सार्वजनिक बिदाहरूमा सार्वजनिक सेवा प्रवाह भइरहने प्रजिअ मिश्रले बताएका छन्।

नेपाल सरकारले लिएको नीतिअनुसार जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदाको दिन पनि कार्यालय सञ्चालन गर्ने भएको प्रजीअ मिश्रको भनाइ छ । 

Tags :
प्रतिक्रिया दिनुहोस