त्रिभुवन विमानस्थलमा उडान-अवतरण बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

त्रिभुवन विमानस्थलमा उडान-अवतरण बन्द


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको छ ।

सञ्चार उपकरणमा आएको समस्याका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ । 

जहाजसँग सम्पर्क स्थापित गर्ने एरिया अप्रोच सेन्टर र कन्ट्रोल अप्रोच सेन्टरमा समस्या आएसँगै जहाजहरूको उडान–अवतरण बन्द भएको हो ।

कतिपय मोफसलबाट काठमाडौँका लागि उडेका जहाजहरू समेत सम्बन्धित विमानस्थलमा फिर्ता पठाउनु परेको बताइएको छ ।

टावरबाट नजिकै रहेका जहाजहरूसँग सञ्चार स्थापित गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडानहरू प्रभावित बनेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस