यथाशीघ्र तलब दिन माग गर्दै अनिश्चितकालीन धर्नामा स्वास्थ्यकर्मी  « प्रशासन
Logo २२ मंसिर २०८०, शुक्रबार
   

यथाशीघ्र तलब दिन माग गर्दै अनिश्चितकालीन धर्नामा स्वास्थ्यकर्मी 


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले अनिश्चितकालीन विरोध तथा धर्ना सुरु गरेका छन् । तलब भत्ता यथाशीघ्र व्यवस्था गर्न माग गर्दै आइतबारदेखि विरोधका कार्यक्रम सुरु गरेका हुन् ।

अन्य कर्मचारी सरह स्वास्थ्यका कर्मचारीहरूलाई पनि इन्धनलगायत प्रोत्साहन भत्ता प्रदान गर्नुपर्ने, आगामी आवको तलब भत्ताको व्यवस्था अग्रिम व्यवस्था गर्नुपर्ने, समायोजन र समायोजन मिलान भई आएका स्वास्थ्यकर्मीहरूलाई हाल कामकाज गरिरहेकै स्थानमा पदस्थापन गर्नुपर्ने लगायत माग राखेको स्थायी स्वास्थ्यकर्मी सङ्घर्ष समिति भजनीले जनाएको छ ।

माघदेखि तलब भत्ता नपाएको बताउँदै विरोध स्वरूप पालिकालाई चैत ४ गते ज्ञापन पत्र बुझाएको उनीहरूको भनाई छ । नगरपालिकाले केही महिनाको लागि तलब भत्ता व्यवस्था गर्ने आश्वासन दिएको तर कुनै पहल नभएपछि अनिश्चितकालीन धर्ना सुरु गरेको समितिले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस