खुला प्रतिस्पर्धाबाट ३० प्रधानाध्यापक छनोट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

खुला प्रतिस्पर्धाबाट ३० प्रधानाध्यापक छनोट


१० बैशाख २०८०, आइतबार


काठमाडौँ। भक्तपुरको सूर्यविनायक नगरपालिकाले सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोट गरेको छ ।

नगरपालिकाले सूर्यविनायक नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ को दफा ४ बमोजिम खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गरेको हो ।

प्रधानाध्यापक छनौट मूल्याङ्कन समिति गठनका लागि आवेदन माग गरेको नगरपालिकाले सोही आवेदनको आधारमा विज्ञ समूह बनाएर समिति गठन गरेको जनाएको छ ।

नगरपालिकाभित्र रहेका ३२ मध्ये ३० विद्यालयका प्रधानाध्यापकका लागि २०७९ फागुन २६ गते आवेदन माग गरेको थियो ।

आवेदक शिक्षकहरूको गत बिहीबार प्रस्तुतीकरण तथा छलफल र अन्तर्वार्ता लिइएको थियो । उक्त प्रस्तुतीकरण तथा छलफल र अन्तर्वार्ताको आधारमा नगरपालिकाले नतिजा सार्वजनिक गरेको छ ।

उक्त नतिजा अनुसार १६ प्रावि (१–५) तहको प्रधानाध्यापकको लागि १९ जनाको आवेदन परेको थियो । निमावि तह (१–८) का लागि आवश्यक ४ प्रधानाध्यापकको लागि ४ जना र १० मावि तहको लागि १४ जनाले आवेदन दिएका थिए ।

नगरपालिकाले सहभागी सबैको नतिजा उनीहरूले प्राप्त गरेको अङ्कको आधारमा योग्यताक्रम सार्वजनिक गरेको छ । सोही अङ्कको आधारमा अब प्रधानाध्यापक नियुक्ति हुने नगरपालिकाले जनाएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस