गार्मेन्ट आगलागीमा एक बेपत्ता, खुट्टा र शरीरको केही अङ्ग फेला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गार्मेन्ट आगलागीमा एक बेपत्ता, खुट्टा र शरीरको केही अङ्ग फेला


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । कलंकीस्थित बजरङ्ग गार्मेन्ट उद्योगमा शुक्रबार राति साढे ११ बजे भएको आगलागीमा परेर एक जना बेपत्ता भएका छन् ।

मकवानपुरका २७ वर्षीय निश्चल अग्रवालले चलाएको गार्मेन्टमा भएको आगलागीमा गार्मेन्टका उपकरण, लत्ताकपडा लगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

घटनापछि गार्मेन्टका लागि सवारी चालकका रूपमा काम गर्ने दोलखाको भीमेश्वरका भूपेन्द्र बस्नेत बेपत्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी सिताराम रिजालले बताए ।

रिजालका अनुसार डोजरले आगलागी भएको स्थानमा खोजी गर्ने क्रममा खुट्टा र शरीरको केही अङ्ग फेला परेको छ । परीक्षणपछि त्यो उनकै हो कि होइन भन्ने यकिन हुने उनको भनाई छ ।

क्षतिको विवरण प्रहरीले सङ्कलन गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस