सम्बन्धित निकायलाई प्रधानमन्त्रीको निर्देशन : नेपालमा बन्ने सवारी साधन दर्ता गर्ने कानून बनाउनु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सम्बन्धित निकायलाई प्रधानमन्त्रीको निर्देशन : नेपालमा बन्ने सवारी साधन दर्ता गर्ने कानून बनाउनु


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बन्ने सवारी साधन दर्ता गर्न मिल्ने कानून बनाउन निर्देशन दिएका छन्।

आज मुख्यसचिव शंकरदास बैरागीमार्फत् प्रधानमन्त्रीले सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको कार्यालयका अनुसार ‘‘यात्री’ लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको भन्दै प्रधानमन्त्रीले कानून बनाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री दाहालले भनेका छन्, ‘सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नेगरी तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत सम्बन्धित निकायलाई निर्देशित गरेको छु।’

Tags :
प्रतिक्रिया दिनुहोस