बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन « प्रशासन
Logo ९ आश्विन २०८०, मंगलबार
   

बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । बारा-२, चितवन-२ र तनहुँ-१ मा आज उपनिर्वाचन हुँदैछ । आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका रहेको छ ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा क्षेत्र नं.२ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन क्षेत्र नं. २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा पुनः निर्वाचन हुन लागेको हो।

रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएकाले निर्वाचन आयोगले उपनिर्वाचन गराउन लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस