योजना आयोगको सदस्यमा ३ जना नियुक्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

योजना आयोगको सदस्यमा ३ जना नियुक्त


९ बैशाख २०८०, शनिबार


काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ। 

सरकारले शुक्रबार वरिष्ठ अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका विज्ञ प्रा.डा.आरपी बिछा र  प्रभु बुढाथोकीलाई आयोगको सदस्यमा नियुक्त गरेको हो। 

अस्ट्रेलिया नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका पौडेल हाल त्रिभुवन विश्वविद्यालय केन्द्रिय अर्थशास्त्र विभागका सहप्राध्यापक साथै त्रिभुवन विश्वविद्यालयअन्तर्गत सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन केन्द्रका प्रमुखका रूपमा काम गरिरहेका छन्। 

हाल बुढाथोकी काठमाडौँ बाहिर भएकोले आज नवनियुक्त दुई सदस्यको मात्र शपथग्रहण भएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस