किन भाडा महँगो भयो भन्दै ईपीएस कोरियासँग स्पष्टीकरण माग « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

किन भाडा महँगो भयो भन्दै ईपीएस कोरियासँग स्पष्टीकरण माग


८ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ईपीएस कोरियालाई स्पष्टीकरण सोध्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालबाट कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएको बारे श्रम मन्त्रालय मार्फत स्पष्टीकरण सोध्ने भएको हो ।

कोरियन एयरले यात्रुसँग महँगो भाडा असुल गरिरहेको सन्दर्भमा श्रम मन्त्रालयमार्फत तीन दिन भित्र जवाफ पेस गर्ने गरी स्पष्टीकरण सोध्ने निर्णय पर्यटन मन्त्रालयले गरेको पर्यटन मन्त्री सुदन किरातीले बताए ।

मन्त्री किराँतीका अनुसार ईपीएसबाट कोरियन एयरलाइन्सले कोरिया जाने टिकटको लागतबारे प्रश्न गरिएको छ । सो टिकटबाट प्रतिव्यक्ति कति नाफा आउँछ भनी प्रश्न गर्ने निर्णय भएको मन्त्री किरातीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस