परराष्ट्रमन्त्री साउदलाई बेलायती राजदूतको बधाई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

परराष्ट्रमन्त्री साउदलाई बेलायती राजदूतको बधाई


७ बैशाख २०८०, बिहिबार


काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले भेट गरेकी छन । बिहीबार परराष्ट्र मन्त्रालयमा पुगेर राजदूत पोलिटले मन्त्री साउदलाई भेटेकी हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उनीहरुबीच आपसी विकास सहयोग, नेपाल र बेलायतबीच १०० वर्ष लामो सम्बन्ध एवम् जलवायु परिवर्तन तथा आपसी हितका अन्य क्षेत्रका विषयमा छलफल भएको छ।

साथै राजदूत पोलिटले नव नियुक्त परराष्ट्रमन्त्री साउदलाई बधाई तथा शुभकामना दिएकी छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस