निजामती ऐन जारी गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निजामती ऐन जारी गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण


६ बैशाख २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिएको छ।

संघीय निजामती सेवा ऐन जारी गर्न नेपाल निजामती कर्मचारी युनियनका कर्णाली प्रदेश सङ्घ, सङ्गठनहरूले प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण गराएका हुन् । 

युनियनका कर्णाली प्रदेश अध्यक्ष चन्द्रबहादुर खड्का र सङ्गठन (निजामती) अध्यक्ष देवेश्वर गिरीले संयुक्त ज्ञापनपत्र बुझाएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। 

काँग्रेस र माओवादीनिकट कर्मचारी सङ्गठनले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । साथै उनीहरूले मुख्यसचिव, मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद्को पनि ध्यानाकर्षण गराएको छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस