काँग्रेसद्वारा गोविन्दराज जोशी र दिनेश कोइरालासहितको कारबाही फुकुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेसद्वारा गोविन्दराज जोशी र दिनेश कोइरालासहितको कारबाही फुकुवा


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसले पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र पूर्व केन्द्रीय सदस्य दिनेश कोइरालाको कारबाही फुकुवा गरेको छ ।

पार्टी केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले एक विज्ञप्ति निकाल्दै २०७४ साल र २०७९ सालमा भएका चुनावमा बागी उठेका र उनीहरूको प्रस्तावक र समर्थक बसेर कारबाहीमा परेका तनहुँ, चितवन र बारा जिल्लाका सदस्यहरूको कारबाही फुकुवा गरेको बताएका छन् ।

जस अनुसार जोशी र कोइरालासहित कारबाहीमा परेका काँग्रेस नेता कार्यकर्ताको कारबाही फुकुवा भएको छ ।

२०७४ सालमा काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका गोविन्दराज जोशीले आफ्नो उम्मेदवारी खारेज भएपछि तत्कालीन नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानलाई समर्थन गरेका थिए ।

यस्तै कोइरालाले पनि गत चुनावमा चितवन ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । जसका कारण उनीहरूलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस