काठमाडौँ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदका लागि गरिएको बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ।
नेपाल प्रहरीमा रिक्त १३ डिआइजीको बढुवा सिफारिसविरुद्ध लोक सेवा आयोगमा उजुरी परेको हो ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) द्वय चक्रबहादुर सिंह र अनुराग द्विवेदीले बढुवा सिफारिसविरुद्ध उजुरी दिएका हुन्।
आफूभन्दा पछिल्लो ब्याचका एसएसपी डिआइजी बढुवा सिफारिसमा परे पनि आफूहरू भने नपरेको भन्दै एसएसपीद्वय सिंह र द्विवेदीले उजुरी गरेका हुन्।
गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले गत २९ चैतमा १३ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको थियो।